रोहित शर्माको दमदार प्रदर्शन
रोहित शर्माले करियरकै उत्कृष्ट ब्याटिङ गरेपछि दक्षिण अफ्रिका बिरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा भारत जित नजिक पुगेको छ । यस खेलमा भारतका ओपनर ब्याट्सम्यान शर्माले दोहोरो शतक बनाएका छन् । अघिल्ला दुवै खेलमा जित निकालेको भारतले तेस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको थियो । दोस्रो दिन खेल चलिरहँदा भारतले ६ विकेट गुमाएर चार सय १७ रनको योगफल तयार पारेको थियो ।
भरतका लागि एकदिवसीय करियरमा तीन वटा दोहोरो शतक बनाएका रोहितले टेस्टमा पहिलो दोहोरो शतक बनाएका हुन् । उनले दुई सय १२ रन बनाउने क्रमम दुई सय ५५ बलको सामना गर्दै २८ चौका र ६ छक्का प्रहार गरेका थिए । उनले रविन्द्र जडेजासँग ४७ रनको साझेदारी गरेका थिए । अजिंक्या रहानेले पनि एक सय १५ रन बनाए । दक्षिण अफ्रिकाका लागि कागीसो रबाडाले तीन विकेट लिए । जर्ज लिन्डेले दुई तथा एन्रिच नोत्र्जले उक विकेट लिएका थिए ।
सोमबार राति भएको खेलमा दक्षिण अफ्रिका फलो अनमा परेको छ । भारतले ११६.३ ओभरमा चार सय ९७ रन जोडेर पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसपछि पहिलो इनिङ थालेको दक्षिण अफ्रिका एक सय ६२ रन जोड्दै अलआउट भयो ।
पहिलो इनिङमा तीन सय ३५ रनको अग्रता बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पुनः ब्याटिङमा पठाएको छ । दोस्रो इनिङमा पनि दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गर्न सकेको छैन । टेष्ट च्याम्पियनसिप अन्तर्गत तीन खेलको सिरिज भारतले यसअघि नै २–० ले जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण