राम रहिमलाई जेलभित्रै ज्यानको खतरा, डाक्टरले अदालतसँग सुरक्षा बढाउन माग गरे
डेरा सच्चा सौदाका प्रमुख गुरमित सिंह राम रहिमलाई जेलभित्रका अन्य कैदीले प्रताडना दिइरहेको र उनको हत्याको षड्यन्त्र पनि रचिएको बताइएको छ ।
यसैलाई आधार बनाएर मंगलबार पंजाब तथा हरियाणा हाइकोर्टमा याचिका दर्ता गरिएको छ । यसबारे चाँडै नै सुनुवाईको मागसमेत गरिएको छ । राम रहिम यौन शोषणको मामलामा २० वर्ष र पत्रकार छत्रपति हत्याकाण्डमा रोहतकको सुनारिया जेलमा जन्मकैदको सजाय काटिरहेका छन् ।
डेरा अस्पतालका डाक्टर मोहित गुप्ताले राम रहिममाथि जेलभित्रै तीनपटक हमला भइसकेको जानकारी दिएका छन् । उनका अनुसार समर्थकलाई जेलमा भेट्न दिइएको छैन । यसका साथै आरटीआईमार्फत् पनि कुनै सुचना नपाइएको उनले बताएका छन् । उनीहरुले याचिकामा राम रहिमलाई अदालतमा पेश गराउन र उनको सुरक्षा बढाउने माग उच्च न्यायलयसँग गरेको छ ।
जेलमा अनुयायीको हत्याले राम रहिमलाई खतराः
डा. गुप्ताले २२ जूनमा उच्च सुरक्षा भएको नाभा जेलमा डेराका एक अनुयायीको हत्या भएको जानकारी पनि दिए । उनका अनुसार डेराका अनुयायी निकै चिन्तित भएको र राम रहिमको सुरक्षाको विषयमा निकै चिन्तित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण