भारतीय नागरिक भएको प्रमाणित गर्न कँडेलको चुनौती
काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले समाचारहरुमा आएजस्तो भारतीय नागरिकता नभएको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन सांसद कँडेलले गर्दै भारतीय नागरिकता भएको भनि आएको समाचारको खण्डन गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेता कँडेलले आफ्नो नाममा भारतीय भूमिमा कुनै जमिन वा मतदाता परिचयपत्र भएको प्रमाणित गर्न चुनौती दिए । नेता कँडेलले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको पनि दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा नेता कँडेलले आफुसँग भारत सरकारले जारि गरेको सवारी चालक अनुमतिपत्र रहेको बताएका छन् । अहिले भएको सवारी चालक अनुमतिपत्र भारतमा अध्ययन गरेको समयमा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा बनाएको स्पष्ट पारे ।
नेता कँडेलले पत्रकार सम्मेलनमा आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको पनि बताए । नेपाली नागरिक समितिको अध्यक्ष भएको भन्दै उनीविरुद्ध भारतको इलाहावाद उच्च अदालतमा मुद्दा चलिरहेको छ । ‘म नेपाली हुँ, सांसद हुँ भनि दिएको प्रमाण छ’ कांग्रेस सांसद कँडेलले भने, ‘सन् १९५० को सम्झौताका आधारमा नेपालीलाई पनि भारतमा सामाजिक संस्था चलाउने अधिकार छ ।’
नेता कँडेल पत्रकार सम्मेलनमा आफूमाथि सञ्चार माध्यमले लगाएका अनेक आरोपको खण्डन गर्ने लिखित दस्तावेजहरुका साथ उपस्थित भएका थिए । उनले आफूलाई अपहरणकारी भएको दाबी गर्ने सञ्चार माध्यमविरुद्ध कानुनी उपचारमा जाने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण