उपभोक्ता मूल्य दोम्बरले बढ्यो
विगत वर्षको तुलनामा उपभोक्ता मूल्य झन्डै दोम्बर भएको छ । गैर खाद्य पदार्थको तुलनामा खाद्य पदार्थको मूल्य वृद्धि भएको हो । गत वर्षको भदौमा ३.८६ प्रतिशतले वृद्धि भएको उपभोक्ता मूल्य यस वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य ६.१६ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य ५.८९ प्रतिशतले बढेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशतको मूल्यवृद्धि भएको छ । २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशतले मूल्यवृद्धि भएको थियो ।
यस अवधिमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेकोमा भारतमा सेप्टेम्बर महिनामा यस्तो मुद्रास्फीति ३.९९ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ३.८६ प्रतिशत र भारतको ३.७० प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीतिमा कमी अयो
यस आवको भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.६५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ८.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु समूहको थोक मुद्रास्फीति उच्च रहेको छ ।
समीक्षा महिनामा यातायात, उपकरण तथा पार्ट्स, रासायनिक वस्तु र खाद्य पदार्थ उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ । वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४१ प्रतिशत, ३.४० प्रतिशत र २.४६ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण