आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

शनिबार, ०९ कात्तिक २०७६, ०७ : २७
शनिबार, ०९ कात्तिक २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी(बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । 

महानरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो । 

सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्त भएको जानकारी दिए । उनले तिहार बिदाका कारण आइतबारदेखि अदालत बन्द हुने भएकाले आगामी बिहीबार प्रतिवेदन अध्ययन गरेर निर्णय लिने बताए । ‘अध्ययन गर्न समय लाग्ने भएकाले तिहार बिदापछि कार्यालय खुल्ने दिन फाइलबारे निर्णय हुन्छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र मातृका दाहालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप