सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कागको पूजा गरी मनाइयो काग तिहार

शनिबार, ०९ कात्तिक २०७६, १६ : ०९
शनिबार, ०९ कात्तिक २०७६

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको पहिलो दिन शनिबार कागको पूजा गरी काग तिहार मनाइएको छ । 

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्धितिया तिथिसम्म मनाइने तिहारमा अन्तर्गत पहिलो दिन कागको पूजा गर्ने गरिन्छ । आजको दिन कागलाई यमराजको सन्देश वाहकका रुपमा सम्मानका साथ पूजा गर्ने र कानेकुरा दिने गरिन्छ । आजको दिन कागलाई पूजा गरेर खान नदिए पाप लाग्ने धार्मिक मान्यता रहेको छ । त्यसैले आजको दिन आफ्नो घरको आँगनमा पात, दुना वा टपरीमा कागका लागि भनी खाद्यान्नका परिकार राखेर वर्षभरि कागले घरआँगनमा सुखद खबर ल्याओस् भन्ने कामना गर्ने गरिन्छ ।

कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइने भएकाले काग कराउँदा पाहुना आउने, अथवा शुभ, अशुभका मान्यताहरु रही आएको पाइन्छ । 

पृथ्वीलोकमा भएका मानिसहरुको जन्म मृत्युको विवरण ल्याउनका लागि यमराजले कागलाई आफ्नो दूत बनाएको किम्बदन्ती रहीआएको छ । कागलाई बाठो पंक्षीको रुपमा लिने गरिन्छ । यसले बालिनालीलाई नोक्सानी पुर्याउने किरा फट्याङग्राहरुलाई खाईदिएर अन्न उत्पादन र मांशजन्य फोहरहरु खाएर सरसफाईमा पनि सहयोग पुर्याइरहेको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप