कागको पूजा गरी मनाइयो काग तिहार
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको पहिलो दिन शनिबार कागको पूजा गरी काग तिहार मनाइएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्धितिया तिथिसम्म मनाइने तिहारमा अन्तर्गत पहिलो दिन कागको पूजा गर्ने गरिन्छ । आजको दिन कागलाई यमराजको सन्देश वाहकका रुपमा सम्मानका साथ पूजा गर्ने र कानेकुरा दिने गरिन्छ । आजको दिन कागलाई पूजा गरेर खान नदिए पाप लाग्ने धार्मिक मान्यता रहेको छ । त्यसैले आजको दिन आफ्नो घरको आँगनमा पात, दुना वा टपरीमा कागका लागि भनी खाद्यान्नका परिकार राखेर वर्षभरि कागले घरआँगनमा सुखद खबर ल्याओस् भन्ने कामना गर्ने गरिन्छ ।
कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइने भएकाले काग कराउँदा पाहुना आउने, अथवा शुभ, अशुभका मान्यताहरु रही आएको पाइन्छ ।
पृथ्वीलोकमा भएका मानिसहरुको जन्म मृत्युको विवरण ल्याउनका लागि यमराजले कागलाई आफ्नो दूत बनाएको किम्बदन्ती रहीआएको छ । कागलाई बाठो पंक्षीको रुपमा लिने गरिन्छ । यसले बालिनालीलाई नोक्सानी पुर्याउने किरा फट्याङग्राहरुलाई खाईदिएर अन्न उत्पादन र मांशजन्य फोहरहरु खाएर सरसफाईमा पनि सहयोग पुर्याइरहेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण