यस्तो रह्यो प्रधानमन्त्री ओलीको भाइटीका (फोटो/भिडियो)
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन्।
टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरेका थिए । साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए।
प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गरेका छन् ।
तिहारमा जुवा, तास खेल्नेलगायतका विकृति र विसंगतिजन्य क्रियाकलाप भईरहँदा प्रधानमन्त्री ओलीले त्यस्ता खालका नराम्रा क्रियाकलाप छोड्न सबैलाई आग्रह गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीले तिहारले सिंगो नेपाली समाजलाई नै सुमधुर सम्बन्धसहितको सुव्यवस्थित बनाउन महत्वपूर्ण योगदान दिईरहेको पनि स्मरण गराए ।

‘तिहारले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितको सुव्यवस्थित, मानवीय तथा सामाजिक भावना भएको समाजको रुपमा स्थापित, व्यवस्थित गराउन ठूलो योगदान गरेको छ,’ प्रधानमन्त्री ओलीले भने भयो, ‘तर तिहारमा नराम्रा क्रियाकलाप हुने गरेकाले ती क्रियाकलापहरुलाई हामीले छोडनुपर्छ, ती हाम्रा परम्परा होईनन्, त्यस्ता विकृतिलाई छाडेर सुकीर्तिलाई अघि बढाउन र अपनाउन म सबैलाई आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले त्यस अवसरमा सबै नेपाली जनताको उन्नति र प्रगतिको कामना पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण