आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फ्यानसँग भावना साट्दै प्रिंयका, ठाउँ ठाउँमा कोकको ग्राउण्ड एक्टिभेसन अवलोकन

बुधबार, १३ कात्तिक २०७६, १४ : ४४
बुधबार, १३ कात्तिक २०७६

काठमाडौं– अभिनेत्री प्रिंयका कार्कीले कोका–कोलाको जारी रहेको ग्राउण्ड एक्टिभेसन अवलोकन गरेकी छिन् । 

उनले पहिलो दिन कोटेश्वरको भाटभटिनी सुपरमार्केट र दोस्रो दिन सेल्सबेरी चप्पलकारखानाको ग्राउण्ड एक्टिभेसनमा गएर आफ्ना फ्यानहरुसँग कोक शेयर गर्दै उनीहरुलाई पनि आफ्ना प्रियजनहरुसँग भावन व्यक्त गर्न प्रोत्साहन गरेकी छिन् । प्रिंयकाले उपभोक्ताहरुसँग कुराकानी गर्दै फोटो पनि खिचेकी छिन् ।

दोस्रो दिन उनले आफ्नो परिवारसँग भ्रमण गरेकी थिइन र आफ्नो आमाको लागि कोका–कोलाको बोटलमा ‘लभ यू मामु’ प्रिन्ट गरेर दिएकी थिइन । उनकी आमा छोरी प्रिंयकाको तर्फबाट कोकको बोटलमा पर्शनलाइज्ड म्यासेज प्राप्त गर्दा निकै खुसी भइन ।

दशैं र तिहारको पर्वमा कोका–कोलाले आमाहरुलाई बोलाउने प्रिय शब्द भएको ६ वटा लेबल सार्वजनिक गर्दै उपभोक्ताहरुलाई आफ्नो प्रियजनहरुसँग भावना व्यक्त गर्न प्रोत्साहन गर्दै आएको छ । चाडपर्वको विशेष अवसरमा कोका–कोलाले आफ्नो फ्यानहरुलाई कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गर्ने अवसर दिएको छ ।

ग्राउण्ड एक्टिभेसनमा भमणको क्रममा प्रियंकाले भनिन्, ‘म शुरुवात देखिनै मन खोलौं कोक सँग अभियानको हिस्सा बन्दै आइरहेको छु र प्रत्येक पटक हामीहरुलाई विशेष महसुस गराउने कोका–कोलाकोे अभियान मलाई निकै मनपर्छ । म कोकको बोटलमा आफ्नो प्रियजनलाई म्यासेज प्रिन्ट गर्न मिल्ने अवधारणको साच्चै प्रशंसा गर्दछु र म निश्चित छु कि उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनु भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप