बुर्ज खलिफामा शाहरुखको नाम लेखिँदा ऋषि कपुरले भने, ‘राम्रो भयो नि गौरी, भगवानले तिम्रो कुरा सुनेनन्’
शाहरुख खानको जन्मदिनमा बलिउडका सबै कलाकाले आ–आफ्नो तरिकाले उनलाई शुभकामना दिए । बलिउडका दिग्गज कलाकार ऋषि कपुरले पनि ट्वीटरमा शाहरुखलाई भिन्न शैलीमा बधाई दिए ।
शाहरुख खानको जन्मदिनमा दुबईस्थित संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाले पनि आफ्नो शैलीमा शाहरुखलाई जन्मदिनको शुभकामना दिएको छ । अब यसबारे ऋषि कपुरको ट्वीटमा प्रतिक्रिया आएको छ ।
उनले लेखेका छन्, ‘मेरा लागि यो निकै अद्भूत हो । शाहरुख खानले मसँग फिल्म ‘दिवाना’ बाट आफ्नो करियरको सुरु गरेका थिए । र अब उनलाई आफ्नो शिखरमा देख्दा कति आनन्ददायक र विचित्र महसुस भइरहेको छ । तिमीले भारतलाई गौरवान्वित बनाएका छौ । राम्रो भयो नि गौरी, भगवानले तिम्रो कुरा सुनेनन् ।’
For me this is so wonderful . Sharukh in his early years, started his career with me in “Deewaana”. And now to see him at his pinnacle is so joyous and https://t.co/oN9osbp8I4 make India proud, Sharukh. (achcha hua na Gauri ooparwale ne tumhari naheen sunni lol) Belated Birthday https://t.co/4YyH4f6VuY
— Rishi Kapoor (@chintskap) November 3, 2019
बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले नोभेम्बर टुमा आफ्नो जन्मदिन मनाए, यो मौकामा देश–विदेशमा उनका प्रशंसके उनलाई शुभकामना दिए । बुर्ज खलिफामा यस दिन लेखियो, ‘बलिउडका किंग शाहरुख खानलाई जन्मदिनको शुभकामना’ । यससँथै एक सानदार फाउन्टेन शो पनि भयो जसको ब्याकग्राउन्डमा शाहरुखको फिल्म ‘ओम शान्ति ओम’ को गीत ‘धुम ताना ताना’ बजिरहेको थियो । दुबई पर्यटनका ब्रान्ड एम्बेसडर शाहरुखले यो भिडियो क्लिपलाई आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् ।
यसको क्याप्सनमा शाहरुख खानले लेखे, ‘मेरा भाइ, सबैभन्दा कूल मिस्टर मोहम्मद अलबर र बुर्ज खलिफाका लागि...एमार दुबई मलाई यति धेरै चम्किलो बनाइदिएकोमा धन्यवाद । तपाईंहरुको माया र सद्भाव वर्णन गर्न नसकिने छ । वाह, म अहिलेसम्म यत्ति माथिसम्म पुगेकै थिइनँ । दुबईलाई अत्यधिक माया । आज मेरो जन्मदिन हो र म पाहुना हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण