प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णय स्वभाविक हो: महासचिव पौडेल
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस लगायतका दलहरुले प्रदेश प्रमुखहरुलाई एकैसाथ हटाउने निर्णयप्रति आपत्ति जनाइरहेका बेला महासचिव पौडेलले भने सरकारको सो निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका हुन् । उनले संवैधानिक प्रक्रिया अनुसारनै प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्दा अन्य दलहरुसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने आफूलाई नलागेको पनि बताए ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘संवैधानिक व्यवस्था अनुरुपनै प्रदेश प्रमुखहरु पदमुक्त भएका छन र सरकारले मनोनयनको प्रक्रिया पनि अघि बढाएको छ, सरकारले संवैधानिक प्रक्रिया अनुसार सो काम गर्दाखेरी अन्य दलहरुको सरकारसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने मलाई लाग्दैन ।’ महासचिव पौडेलले लोकतन्त्रमा सरकारको विरोध गर्न पाइने भएकाले त्यसको आफूले सम्मान गर्ने पनि बताए ।
महासचिव पौडेलले प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रुपमा रहने भएकाले अघिल्लो सरकारले नियुक्ति गरेका प्रमुखहरुलाई हटाउने काम स्वभाविकै भएको तर्क पनि पटक– पटक गरे । सरकारले आफ्नो स्पिरिटमा काम गर्ने गरी प्रदेश प्रमुखहरुको चयन प्रक्रिया अघि बढाएको महासचिव पौडेलको भनाई छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई गत आईतबार पदमुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण