शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

इरान भन्छ, ‘हामीले प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गरिरहेका छौं’

सोमबार, १८ कात्तिक २०७६, १९ : १९
सोमबार, १८ कात्तिक २०७६

तेहरान । इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ ।  दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो । सन् २०१५ को आणविक सम्झौताबाट संयुक्तराज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तिब्र बनाएको छ ।

इरानले दुईवटा नयाँ अत्याधुनिक सेन्ट्रीफ्युज पनि विकास गरेको जनाएको छ । तीमध्ये एउटाको परीक्षण भइरहेको छ । इरानका आणविक ऊर्जा संस्थाका प्रमुख अलि अकबरले मध्य इरानको नतान्ज केन्द्रबाट युरेनियमसँग सम्बन्धित कार्यहरु तिब्र गतिमा भइरहेको जानकारी दिए ।

इरानी आणविक कार्यक्रमप्रति असहमति जनाएको अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध हाल कडा आर्थिक तथा राजनीतिक प्रतिबन्ध लगाएको छ । –एएफपी/Photo: AFP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप