इरान भन्छ, ‘हामीले प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गरिरहेका छौं’
सोमबार, १८ कात्तिक २०७६, १९ : १९
तेहरान । इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ । दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो । सन् २०१५ को आणविक सम्झौताबाट संयुक्तराज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तिब्र बनाएको छ ।
इरानले दुईवटा नयाँ अत्याधुनिक सेन्ट्रीफ्युज पनि विकास गरेको जनाएको छ । तीमध्ये एउटाको परीक्षण भइरहेको छ । इरानका आणविक ऊर्जा संस्थाका प्रमुख अलि अकबरले मध्य इरानको नतान्ज केन्द्रबाट युरेनियमसँग सम्बन्धित कार्यहरु तिब्र गतिमा भइरहेको जानकारी दिए ।
इरानी आणविक कार्यक्रमप्रति असहमति जनाएको अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध हाल कडा आर्थिक तथा राजनीतिक प्रतिबन्ध लगाएको छ । –एएफपी/Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण