५ किलो सुन तस्करीको आरोपमा थप २ जना पक्राउ
सङ्खुवासभा । जिल्लाको खाँदबारीबाट पाँच किलोग्राम सुन तस्करीको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भोटखोला गाउँपालिका च्याम्ताङबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेको बयानका आधारमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई कहिले पक्राउ गरेको भन्ने प्रहरीले खुलाउन चाहेन ।
पाँच किलो सुन तस्करी गरेको आरोपमा खाँदबारी नगरपालिका–१ का जर्का भोट र भोटखोला गाउँपालिका स्थायी घर भई हाल खाँदबारी बस्ने छ्याङ रिञ्जीन भोटेलाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । प्रहरीले विशेष सुराकीका आधारमा गत असोज २७ गते भोटखोला गाउँपालिका–२ चेपुवाको घट्टेखोलाबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलो सुनसहित तोप्चेनलाई पक्राउ गरेको थियो ।
चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट बिस्कुट, छुर्पी, चक्लेट राखेको र त्यसको मुनिबाट गाढा नीलो रंगको पट्याएर राखेको ज्याकेटको गोजीभित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा पाँच थान टिल सुन फेला परेको थियो । पाँच किलो सुन तस्करीमा संलग्न भएको आरोप पक्राउ परेको दुई जनालाई राजश्व अनुसन्धान विभाग पठाइसकेको राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण