कट्रिनाले ऐश्वर्या रायलाई भनिन् स्यालः रणबीरले चुप लगाए
कट्रिना कैफ र रणबीर कपुरको सम्बन्ध समाप्त भइसकेको छ र उनीहरु आफ्नो रिलिज हुने तयारीमा रहेको फिल्म ‘जग्गा जासूस’ को प्रोमोशनका लागि विभिन्न कार्यक्रममा एकसाथ देखिएका छन् ।
केही दिन अघि दुबै प्रोमोसनका लागि फेसबुक लाइभ गरिरहेका थिए र यो क्रममा दुबैले खेल पनि खेले । खेलको क्रममा दुबै मस्तीको मूडमा देखिएपनि उनीहरुका केही जवाफ अपमानजनक पनि थिए ।
वास्तवमा रणबीरले कट्रिनालाई एक जनावरसँग कुनै सेलिब्रिटीको नाम जोड्ने खेल खेलाए । जब रणबीरले स्याल भने तब कट्रिनाले उत्तर दिइन्, ‘ऐश्वर्या राय बच्चन’ । अब कट्रिनाले यस्तो किन भनिन् यो त उनलाई नै थाहा होला तर यो उत्तर सुनेपछि रणबीरले कट्रिनालाई चुप लगाए ।
त्यसपछि एक प्रशंसकले रणबीरलाइृ उनको जीवनको पाँच सबैभन्दा नजिकका व्यक्तिहरु को–को हुन् भनी सोधे । प्रश्नको जवाफ दिँदै रणबीरले भने, ‘ममी ड्याडी, भतिजी,अयान । म तिम्रो (कट्रिना) को नाम पनि लिन्थे यदि मैले तिमीलाई खुसी राख्न सक्थें । त्यसकारण म आफ्ना दुई कुकुरको नाम लिनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण