चोभारबाट पेस्तोलसहित ३ जना पक्राउ
बिहीबार, २१ कात्तिक २०७६, १५ : ३१
काठमाडौं । चोभारबाट प्रहरीले लुटेरा समूहका तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का रहेका छन् ।
उनीहरूको साथबाट अमेरिकी ब्राण्डको पेस्तोल एक थान र त्यसमा लाग्ने ५ थान गोली समेत बरामद भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
शंकास्पद लागेपछि सोधपुछ गर्ने क्रममा पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको एसएसपी थापाले पुष्टि गरे । एसएसपी थापाका अनुसार उनीहरुबाट एउटा बा१७च ८३६४ नम्बरको निजी कार र केही परिमाणमा लागूऔषधसमेत बरामद गरिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण