एक हप्ताभित्र गुगलमा अयोध्याको सर्चिङ ८ गुणा बढ्यो, ट्वीटरमा राममन्दिर ट्रेन्ड रह्यो
अयोध्या विवादमा सर्वोच्चको निर्णय कहिले आउनेछ ? गुगलमा यो कि–वर्ड सबैभन्दा धेरै सर्च गरिँदैछ । पछिल्लो एक हप्तामा अयोध्या कि–वर्डको सर्चिङ ८ गुणा बढेको छ । १ नोभेम्बरमा अयोध्याका ११ पोइन्ट्स थिए जुन ४ नोभेम्बरमा बढेर २५ भयो र ८ नोभेम्बरसम्म २ सय पोइन्ट भयो । गुगल ट्रेन्डको डाटा अनुसार, अक्टोबरमा अयोध्याको सबैभन्दा धेरै सर्चिङ १६ अक्टोबरमा भयो । यो दिन सर्वोच्च अदालतमा सुनुवाई समाप्त भएको थियो । यसदिन अयोध्या कि–वर्डको सय पोइन्ट थियो ।
गुगल ट्रेन्डमा पोइन्टले त्यो कि–वर्डको लोकप्रियता बताउँछ । उदाहरणका लागि एक कि–वर्डले कुनै दिन सय पोइन्ट पायो भने त्यो दिन त्यसको लोकप्रियता अन्य दिनको तुलनामा सबैभन्दा धेरै रह्यो ।
युपी–अयोध्या सबैभन्दा धेरै सर्चः
अयोध्या कि–वर्डलाई सबैभन्दा धेरै यूपीमा सर्च गरियो । त्यसपछि कर्नाटक, गोवा र दिल्लीको क्रम रह्यो । उता ट्वीटरमा १६ अक्टोबरमा ‘राममन्दिर निर्माण’ सबैभन्दा धेरै ट्रेन्ड रह्यो । दुई घण्टाभित्रै डेढ लाखभन्दा बढी ट्वीट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण