बंगलादेशका राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता, शान्तिप्रक्रियामा खेलेको भूमिकाप्रति प्रचण्डको प्रशंसा
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।
बुधबार बिहान भएको भेटवार्तामा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा बंगलादेशका राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन प्रचण्डले खलेको भूमिकाको प्रशंशा गरेका थिए ।
यस्तै राष्ट्रपतिले आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल सुन्दर मुलुक भएको बताए ।
नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति अब्दुलले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकता अविस्मरणीय रहेको बताए ।
यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयॉ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि दुई राष्ट्रपति अब्दुल र अध्यक्ष प्रचण्डबीच छलफल भएको बताइएको छ ।
चार दिने नेपाल भ्रमणको सिलसिलामा राष्ट्रपति अब्दुल मंगलबार नेपाल आएका थिए । बुधबार बिहान राष्ट्रपति अब्दुल र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच पनि भेटवार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण