उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्त्वको पैसा कब्जा गर्न युवालाई निर्देशन
प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिएका छन्।
अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ (क) का नेकपाकोतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकालको चुनावी प्रचार अभियानअन्तर्गत बुधबार कमलविनायकमा आयोजित युवा तथा विद्यार्थी भेलामा उहाँले सो निर्देशन दिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा सङ्घ नेपालका इञ्चार्जसमेत रहेका सांसद बस्नेतले भने, “आगामी मङ्सिर १४ गतेको उपनिर्वाचनसम्म युवा गाउँगाउँमा परिचालन हुनुस्, गाउँमा मतदातालाई पैसा बाँडेर वा उपहार दिएर भोट किन्न कोही आउँछन् भने त्यो पैसा कब्जा गर्नुस्, कब्जा गरिएका पैसा त्यही ठाउँको विकासमा लगाउँला, कसैले कानून हातमा लियो भन्छ भने जे पर्छ हामी व्यहोर्छौं ।”
विगतको निर्वाचनका समयमा केही राजनीतिक दलले पैसामा जनतालाई किन्ने प्रयास गरेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनमा पैसाको भरले नेकपालाई हराउन सकिन्छ कि भन्ने दिवासपना नदेख्न विपक्षीलाई आग्रह गरे ।
सांसद बस्नेतले भन्नुभयो, “जनतालाई भेडाबाख्रा जस्तो किनबेच गर्ने जमना अब सकियो, अबको चुनावमा सूर्य उदाएपछि नेकपाको अभियान शुरु हुन्छ, सूर्य अस्ताएपछि बन्द हुन्छ । तर केही राजनीतिक दलको अभियान सूर्य अस्ताएपछि शुरु हुन्छ, सूर्य अस्ताएपछि अँध्यारोमा शुरु हुने अभियानलाई निस्तेज पार्नैपर्छ ।”
आजदेखि मतगणना नसकिएसम्म निर्वाचनको सुरक्षाको जिम्मा युवा र विद्यार्थीको काँधमा रहेको उल्लेख गर्दै उनले चुनावलाई प्रभावित पार्ने गलत कार्यलाई रोक्न आजैदेखि लाग्न र नेकपाको पक्षमा पहरेदार भएर उभिन पनि निर्देशन दिए ।
कार्यक्रममा नेकपा भक्तपुरका इञ्चार्ज दिलीप प्रजापति, सहइञ्चार्ज तथा चाँगुनारायण नगरपाकिालका प्रमुख सोम मिश्र, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, उम्मेदवार डिपी ढकाल, राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका संयोजक ऐन महरलगायतले उपनिर्वाचन नेकपाको पक्षमा हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण