बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नायिकालाई सामूहिक बलात्कार गरेर फ्याँकिएको थियो सडकमाः छोराले बताए त्यो रातको कहानी

आइतबार, ०४ असार २०७४, १० : ५९
आइतबार, ०४ असार २०७४

शीला रे मोडल संघर्षरत नायिका र सोसलाइट थिइन् । उनी नायक सुधिरकी श्रीमती थिइन् र निर्देशक महेश भट्टसँगको सम्बन्धका कारण चर्चामा थिइन् । सन् १९७७ मा शीलामाथि बलात्कार भएको भन्ने खबर सार्वजनिक भयो । त्यतिबेला उनका छोरा अशोक बैंकर १२ वर्षका थिए । एक बिहान जब अशोकले ढोका खोले तब आमालाई बेहोसीको अवस्थामा पाए ।

रातभरी चारजनाले गरे बलात्कारः

– शीलामाथि चारजनाले रातभरी बलात्कार गरेका थिए र बिहान बेहोसीको स्थितीमा घरबाहिर फ्याँकिएको थियो ।

– अशोकले एक अन्तर्वार्ताको क्रममा भनिन्, ‘आमा घर बाहिर बेहोसीको स्थितीमा भेटिइन् । सुरक्षाकर्मीले उनलाई भित्र ल्याए । जब मैले उनलाई त्यस्तो स्थ्तिीमा देखें तब दौडिएर उनलाई अंगालो हालें र रुन थालें ।’

–शीलाले कहिले पनि आफूमाथि भएको अपराधबारे पुलिसमा ऊजुरी दिइनन् । सन् १९९० मा ४४ वर्षको उमेरको उनको निधन भयो ।

– अशोक शीला र सुधीरका एक्ला सन्तान हुन् । सुधिरले ‘सत्ते पे सत्ता’ (१९८२) मा अमिताभ बच्चनका भाइ शोमको रोल गरेका थिए ।

के भएको थियो शिलामाथि त्यो रात ?

– अशोकले एक अन्तर्वार्तको क्रममा शीलामाथि भएको घटनाक्रमको बिस्तार बताए । उनका अनुसार उनलाई यसबारे थाहा पाउन वर्षौं लाग्यो ।

– उनले भनेका थिए, ‘आमालाई मुम्बईको पोश इलाकास्थित बिल्डिङ उषा किरणमा बलात्कार भएको थियो । उक्त बिल्डिङमा केही बलिउड स्टार्स र बिजनेस टाइकूनसहित थुप्रै चर्चित र धनी मानिसहरु बस्छन् ।’

– एक व्यक्तिले बिल्डिङको फ्ल्याटमा आमालाई एकपछि अर्को गरी लागुऔषधको डोज दिए । अन्य तीनजनाले उनलाई साथ दिए । उनीहरुमध्ये एक फोटोग्राफर थिए जसले सामूहिक बलात्कारको फोटो खिचे ।’

फोटोग्राफरले गर्न थालेका थिए ब्ल्याकमेलः

– अशोकका अनसार उक्त घटनापछि मानिसहरुले उनलाई र उनकी आमालाई हेला गर्न थालेका थिए ।

– स्थिती त्यतिबेला खराब भयो जब फोटोग्राफरले उनलाई ब्ल्याकमेल गर्न सुरु गरे । पैसा नदिए फोटो सार्वजनिक गरिदिन्छु भनेर उनले धम्काउने गर्दथे ।

अन्तिम संस्कारमा श्रीमान् पनि अनुपस्थितः

अशोकका अनुसार आफन्त र परिवारले शीलामाथि जस्तो व्यवहार गर्दथे त्यसले उनको समस्यालाई थप्ने काम गर्यो ।

– जबसम्म शिलाको मृत्यु भएन तबसम्म उनीहरु उनीसँग टाढै रहे । जब उनको मृत्यु भयो तब उनका श्रीमान सुधिरसमेत उपस्थित भएनन् ।

महेश भट्टसँग थियो अफेयर, भएकी थिइन् गर्भवतीः

एक रिपोर्टमा अशोकको हवाला दिँदै विवाहित हुँदा पनि शिला निर्माता– निर्देशक महेश भट्टसँग सम्बन्ध थियो ।

– त्यतिबेला जब शिला गर्भवती भइन् तब महेशले दबाब दिएर सातौं महिनामा उनको गर्भपतन गराउने कोसिस गरे । त्यतिबेला सुधिरलाई लाग्थ्यो कि उक्त बच्चा उनको थियो ।

– शिलाकी हजुरआमा नर्स थिइन् । उनले गर्भपतनको बन्दोबस्त मिलाइन् । तर सात महिना भइसकेकाले बच्चलाई जीवित नै निकालियो ।

– उक्त बच्चालाई बान्द्रामा बस्ने एक माझी र उनकी श्रीमतीलाई दिइएको थियो ।

– यद्यपी, पछि विवादमा फसेपछि महेश भट्टले भनेका थिए, ‘बच्चा मेरो होइन । यसका लागि म डिएनए टेस्ट पनि गराउन तयार छु ।’

चर्चित लेखक हुन् बैंकरः

५३ वर्षीय अशोक बैंकर आज चर्चित लेखकको रुपमा स्थापित भइसकेका छन् । उनले ‘अमेजिङ एड्वेन्चरस अफ छोटा शहर’, ‘प्रिन्स अफ अयोध्या’, ‘सन्स अफ सीता’ र ‘द फरेस्ट स्टोरेज’ जस्ता ५० भन्दा बढि किताब लेखिसकेका छन् ।

बैंकरले आमामाथि भएको सामूहिक बलात्कारमाथि एक कहानी लेखे र त्यसमाथि फिल्म पनि बनाए जसको नाम ‘ब्यूटिफल एण्ड अग्ली’ हो । यो फिल्मको स्क्रिनिङ सन्डेन्स फिल्म फेस्टिबलमा भएको थियो ।

– बैंकरले यस फिल्ममार्फत मानिसहरुलाई बलात्कारप्रति जागरुक गर्न चाहन्छन् । तर यो बिडम्बना छ कि यति चर्चित मोडल भएपनि शिलाको एउटा पनि फोटो इन्टरनेटमा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप