कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा
बिहीबार, २८ कात्तिक २०७६, १८ : २९

कुवेत सिटी– कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन् । कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिनुभएको उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गर्नुभएको वक्तव्यमा प्रधानमन्त्रीको राजिनामाको कारण भने केही खुलाएका छैनन् ।
सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिएका हुन् । खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन । –सिन्ह्वा/Photo: news.am
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी
-
स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो
-
‘राफेल खसालेको’ पाकिस्तानको दाबीमा भारतीय सेनाले के भन्यो?
-
झापाका रैथाने जङ्गली हात्तीको नामकरण
-
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने सहमतिका बाबजुद शिक्षकहरू चन्दा मागेर उपचार गर्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य