आज कीर्तिपुर क्रिकेट मैदानमा सचिन तेन्दुलकर टिम र विनोद दासको टिम भिड्दै
शुक्रबार साँझ नेपाल आएको भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेल्दै छन् ।
युनिसेफको आयोजनामा हुन गइरहेको उक्त खेलमा एउटा टिमको कप्तानी सचिनले गर्नेछन् भने अर्को टिमको कप्तानी विनोद दासले गर्नेछन् ।
बाल अधिकारको पक्षमा सन्देश दिन १०÷१० ओभरको क्रिकेट खेल आयोजना गरिएको हो । दुवै टिममा युनिसेफले छनौट गरेका बालबालिका रहनेछन् ।
तेन्दुलकर बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघीय बाल कोष९युनिसेफ०का निमन्त्रणमा बालकालिकासँग क्रिकेट खेल्न नेपाल आएका हुन् ।
बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा तेन्दुलकरलाई युनिसेफले नेपाल ल्याएको हो ।
युनिसेफका सद्भावना दूत तेन्दुलकरले बालअधिकारका पक्षमा आज ब्याटिङ गर्नेछन् । नेपाल भ्रमण गर्ने हाई प्रोफाइल क्रिकेटरमा महेन्द्र सिंह धोनी, कपिल देव, सुनिल कवास्कर र दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोड्सलगातका विश्व चर्चित खेलाडी रहेका छन् । भारतीय राष्ट्रिय टोलीका कप्तान हुुँदा सन् २०१४ मा धोनीले नेपाल भ्रमण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण