प्रधानमन्त्री ओलीको गरियो तेस्रोपटक डायलसिस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक डायलसिस गरिएको छ । उनले ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।
मिर्गौलामा राम्रोसँग काम नगरेपछि सोही अस्पतालमा यसअघि कात्तिक १३ गते प्रधानमन्त्री ओलीको पहिलो पटक डायलासिस गरिएको थियो । फेरि कात्तिक १४ गते दोस्रो डायलासिस गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचारपछि शनिबार नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
१२ वर्षअघि प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ।
यस्तो छ विज्ञप्ती

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण