उत्तरी सिरियामा कार बम बिस्फोट, १४ जनाको मृत्यु
बेरुत । उत्तरी सिरियाको अल–बाब शहरमा शनिबार भएको कार बम हमलामा १४ जनाको मृत्यु भएको छ । यस टर्की–नियन्त्रित क्षेत्रमा भएको हमलामा मारिनेहरुमा अधिकांश सर्वसाधारण छन् ।
बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले उक्त घटनामा अरु ३३ जना घाइते भएको र केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ । उक्त बम शहरको बस तथा ट्याक्सी पार्किङ स्थलमा बिस्फोट गराइएको थियो ।
टर्की र सिरियाभित्र सक्रिय समूहहरुले उत्तरी सिरियाका विभिन्न इलाकामा सन् २०१६ देखि नियन्त्रण कायम गरेका छन् । उक्त बम आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
सन् २०१७ को फेब्रुअरीमा इस्लामिक स्टेट समूहको कब्जामा रहेको यो नगर क्षेत्रलाई टर्कीको सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो ।
सिरियाको दोस्रो ठूलो शहर अलेप्पोबाट अल–बाब नगर करिब ३० किलोमिटर उत्तरमा रहेको छ । -एएफपी /Photo: CNN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण