साझा पार्टी उत्कृष्ट विकल्प : रवीन्द्र मिश्र
कास्की । कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा साझा पार्टीले पनि आफ्नो पक्षमा जनमत पार्न चुनावी अभियानलाई तीव्रता दिएको छ । साझा पार्टीका उम्मेदवार रजनी केसीलाई भोट माग्न पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र पनि मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका छन्।
मतदाता भेट्न आज उम्मेदवार केसीसहित पार्टी संयोजक मिश्र पोखराका विभिन्न टोलका मतदाता माझ पुगेका हुन् । घरदैलो पश्चातको कोणसभामा मिश्रले देशले विकल्पको खोजी गरिरहेको र साझा पार्टी नै उत्कृष्ट विकल्प भएको बताए । अन्य पार्टीसँग जनता निराश भएको भन्दै यसपालि जनताले साझा पार्टी रोज्ने उनको दाबी थियो।
उम्मेदवार रजनी केसीले देश रुपान्तरणका लागि आफू राजनीतिमा आएको बताए । उनले वर्तमान राजनीतिक परिभाषालाई बदल्ने स्पष्ट पारे । साझा पार्टीले आइतबार पोखरा–२१ को कृष्ति र निर्मलपोखरीमा घरदैलो कार्यक्रम गरेको हो । सोमबार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा–१६ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आजपा र सरकारबिच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
-
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
-
‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’
-
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अध्यक्षमा शाह
-
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग
-
विभिन्न दस्ताबेज पारित गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न