साझा पार्टी उत्कृष्ट विकल्प : रवीन्द्र मिश्र
कास्की । कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा साझा पार्टीले पनि आफ्नो पक्षमा जनमत पार्न चुनावी अभियानलाई तीव्रता दिएको छ । साझा पार्टीका उम्मेदवार रजनी केसीलाई भोट माग्न पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र पनि मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका छन्।
मतदाता भेट्न आज उम्मेदवार केसीसहित पार्टी संयोजक मिश्र पोखराका विभिन्न टोलका मतदाता माझ पुगेका हुन् । घरदैलो पश्चातको कोणसभामा मिश्रले देशले विकल्पको खोजी गरिरहेको र साझा पार्टी नै उत्कृष्ट विकल्प भएको बताए । अन्य पार्टीसँग जनता निराश भएको भन्दै यसपालि जनताले साझा पार्टी रोज्ने उनको दाबी थियो।
उम्मेदवार रजनी केसीले देश रुपान्तरणका लागि आफू राजनीतिमा आएको बताए । उनले वर्तमान राजनीतिक परिभाषालाई बदल्ने स्पष्ट पारे । साझा पार्टीले आइतबार पोखरा–२१ को कृष्ति र निर्मलपोखरीमा घरदैलो कार्यक्रम गरेको हो । सोमबार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा–१६ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण