‘दुवै देशका उत्पादन विश्व बजारमा बेच्न सकिने’
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल दक्षिण एशिया प्रवेश गर्न चीनका लागि प्रवेशमार्ग बन्न सक्ने प्रचुर सम्भावना रहेको बताएका छन् ।
हुवेई मिडिया वीक इन साउथ एशिया कार्यक्रमको सोमबार यहाँ उद्घाटन गर्दै उनले रेल र सडक सञ्जालले नेपाललाई जोडेर दुवै देशका उत्पादन विश्व बजारमा बेच्न सकिने बताए ।
चीनका राष्ट्रपतिको हालै सम्पन्न नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनले हुवेई मिडियाले आज आयोजना गरेको यस कार्यक्रमबाट जनस्तरको सम्बन्ध पनि थप सुढृढ बनेको उल्लेख गरे ।
उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन हुवई मिडिया ग्रुपसहित चीनका सञ्चार माध्यमले प्रचारप्रसारमा सघाउने विश्वास पनि व्यक्त गरे ।
एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै उनले चीन विरोधी गतिविधि हुन नदिने नेपाल सरकारको प्रतिबद्धता दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण