‘दुवै देशका उत्पादन विश्व बजारमा बेच्न सकिने’
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल दक्षिण एशिया प्रवेश गर्न चीनका लागि प्रवेशमार्ग बन्न सक्ने प्रचुर सम्भावना रहेको बताएका छन् ।
हुवेई मिडिया वीक इन साउथ एशिया कार्यक्रमको सोमबार यहाँ उद्घाटन गर्दै उनले रेल र सडक सञ्जालले नेपाललाई जोडेर दुवै देशका उत्पादन विश्व बजारमा बेच्न सकिने बताए ।
चीनका राष्ट्रपतिको हालै सम्पन्न नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनले हुवेई मिडियाले आज आयोजना गरेको यस कार्यक्रमबाट जनस्तरको सम्बन्ध पनि थप सुढृढ बनेको उल्लेख गरे ।
उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन हुवई मिडिया ग्रुपसहित चीनका सञ्चार माध्यमले प्रचारप्रसारमा सघाउने विश्वास पनि व्यक्त गरे ।
एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै उनले चीन विरोधी गतिविधि हुन नदिने नेपाल सरकारको प्रतिबद्धता दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट