स्पेनको प्रशिक्षकमा इनरिके
एजेन्सी । स्पेनिस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा लुइस इनरिके नियुक्त भएका छन् । स्पेनिस फुटबल संघले मंगलबार ४९ वर्षीय इनरिकेलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनले पाँच महिलाअघि प्रशिक्षकबाट राजीनामा दिएका थिए । त्यतिवेला बोनको क्यान्सर रोगबाट पिडित छोरी साना मार्टिनेजलाई समय दिन प्रशिक्षक पद छाडेका इनरिके पुनः टोलीमा फर्किएका हुन् ।
उनकी छोरीको गत अगस्टमा निधन भएको थियो । इनरिकेले छाडेपछि सहायक प्रशिक्षक रोबर्टो मोरेनोले स्पेनिस टोलीको प्रशिक्षण सम्हाल्दै आएका थिए । इनरिके स्पेनलाई सन् २०२० को युरोकप जिताउने लक्ष्यका साथ टोलीका फर्किएका हुन् । युरोकप छनोटका लागि समूह ‘एफ’ मा रहेको स्पेनले सोमबार राति अन्तिम खेलमा रोमानियालाई ५–० गोलले हराएको थियो । स्पेन समूह ‘एफ’ को विजेताबन्दै युरोकपमा छानिएको छ । यस समूहबाट स्वीडेन उपविजेताको रुपमा युरोकपमा छानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण