कैलालीमा फिरौती माग्ने चार पक्राउ
बिहीबार, ०५ मङ्सिर २०७६, १५ : ०५
कैलाली । कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जनाएको छ ।
राति गाउँ धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ भनी डराइधम्काइ अपहरण गरी कुटपिट गर्नुका साथै रु एक लाख नदिएमा लागुऔषध मुद्दा चालाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।
पीडित अरुण चौधरी उनीहरुको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण