नेयमार फर्किएको खेलमा पीएसजी विजयी
सुपरस्टार नेयमार डेढ महिना पछि फर्किएको खेलमा पेरिस सेन्ट जर्मन पीएसजीले बलियो प्रतिद्वन्द्वी लिलेमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा सुक्रबार राति भएको खेलमा पीएसजीले लिलेलाई २–० गोलले हरायो ।
पीएसजीले दुवै गोल पहिलो हाफका गरेको थियो । पीएसजीलाई जिताउन माउरो इकार्डीले १७औं मिनेटमा खाता खोले । इकार्डीले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । एन्जल डी मारियाले ३१औं मिनेटमा ड्राक्सलरको पासमा गोल गरेका थिए । दोस्रो हाफमा लिलेले गोल गर्ने अवसर बनाएपनि सफल हुन सकेन ।
पीएसजीमा नेयमारले पुनरागमन गरेपनि गोल गर्न सकेनन् । ह्यामस्ट्रिङका कारण नेयमार गत अक्टोबर देखि मैदान बाहिर थिए । नेयमारलाई दोस्रो हाफमा अर्का युवा स्टार केलियन एमबाप्पेले रिप्लेस गरेका थिए । यस जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थान थप बलियो बनाएको छ । पीएसजीले १४ खेलबाट ३३ अंक बनाएको छ । समान खेलबाट १९ अंक बनाएको लिले सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण