अवैध साउदी रियालसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
आइतबार, ०८ मङ्सिर २०७६, २२ : ००
काठमाडौँ । अवैध साउदी रियाल १ लाख ५९ हजारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साढे ७ बजे फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका भारतीय नागरिक असिफ मिर्जालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यााण्ड व्यागेज चेकिङ्ग एरियामा चेकजाँच गर्ने क्रममा खैरो रंगको ब्यागभित्र फल्स बटम बनाई लैजान लागिएको सो अवैध नगद बरामद भएको हो ।
मिर्जालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र अनुसन्धान पश्चाएत् आवश्यक कारबाहीको लागि राजश्वन अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण