यसरी बन्दैछ रानीपोखरी, कामदारले हातैले बनाउँछन् माटोको सतह
केही दिनयता रानीपोखरीमा कालो माटो र माअप्पा अर्थात् ठूलो आकारको इँटा ओछ्याउने काम धमाधम भइरहेको छ । पोखरीको सबैभन्दा भित्री घेराको पाँच फिट चार इन्च पर्खाल यसअघि नै भक्तपुरका कामदारले पानी नचुहिने बनाइसकेका छन् ।
अहिले भने पोखरीको सतहमा कालो माटो र माअप्पा बिछ्याउने काम भइरहेको छ । ‘‘पहिले प्राकृतिक रूपमा नै पोखरीमा पानी जम्मा हुन्थ्यो । अहिले प्राकृतिक रूपमा पानी रिचार्ज नहुने भएकाले बाहिरबाट हालिएको पानी अड्याउन कालो माटोको सतह बनाउनुपरहेको हो,’’ सचिव तुलाधरले भने ।
भक्तपुरको जनशक्तिले परम्परागत तरिकाबाट हातले माटो बिछ्याएर काम गरिरहेका थिए । हातले माटो ओछ्याउँदै काम गर्दा रानीपोखरीको निर्माण अवधि र लागत बढ्ने भन्दै उनीहरूलाई बिदाइ गरियो । त्यसपछि अहिले डोजरले माटो बोकेर राख्ने प्रविधि अपनाइएको छ । डोजरले मुछेर सतहमा राखेको माटो सम्याउने र मिलाउने काम भने कामदारले हातले नै गर्दै आइरहेको छ ।
पोखरीको सतहमा १५ देखि १८ इन्च बाक्लो कालो माटो विछ्याइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान महर्जनले बताए । कालो माटोमाथि इँटाको सतह बनाइएको छ । पोखरीमा पानी अड्याउनका लागि यो विधि अपनाइएको इन्जिनियर महर्जनले जानकारी दिए । दुई लाख २० हजार वर्ग फिटको रानीपोखरीमा पानी अड्याउने जिम्मा उपभोक्ता समितिलाई दिइएको छ ।
सचिव तुलाधरका अनुसार खोकना, भक्तपुरलगायत ठाउँबाट कालो माटो ल्याएर विछ्याइरहेको हो । विछ्याउनका लागि छ लाख इँटा चाहिने अनुमान छ । उनका अनुसार माघसम्म पोखरी तयार हुनेछ । उपभोक्ता समितिलाई नौ करोड ५० लाख रुपियाँमा पोखरी बनाउने जिम्मा दिइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण