एउटै फिल्मबाट रातारात ‘हिट’ भएर गायब भएका ८ अभिनेत्री
बलिउड उद्योगमा केही यस्ता अभिनेत्रीको लस्कर छ जो एउटै फिल्मबाट रातारात हिट भए अनि पुनः गुमनाम भए । पहिलो फिल्म नै यति चर्चित भइदियो कि आज पनि ती फिल्म सबैको मनमुटुमा बसेको छ । र ती अभिनेत्री पनि । तर उनीहरुले एउटै फिल्म खेलेपछि आफूलाई एकाएक गायब गराए ।
बलिउड जस्तो विश्वमै सफल फिल्म उद्योगबाट किन मुख मोडे त ती अभिनेत्रीले ?
कारण यस्तो छः
मन्दाकिनी
फिल्म ‘राम तेरी गंगा मैली’ बाट मन्दाकिनी रातारात हिट बनिन् । पहिलो फिल्मबाट नै चर्चा कमाएकी मन्दाकिनीको भेट अन्डरवल्र्ड डन दाउदसँग नाम जोडियो । त्यसपछि उनी फिल्म क्षेत्रबाट नै हराइन् । उनले सन् १९९० मा विवाह गरिन् ।
अनु अग्रवाल
‘आशिकी’ बलिउडकै एउटा हिट फिल्म हो । फिल्मले अनु अग्रवाललाई उचाईमा पुर्यायो । उनको अभिनयको तारिफ निकै भयो । पहिलो फिल्मबाट सफलताको शिखरमा पुगेकी अनुले फेरि उकालो लाग्ने सपना देखिनन् उनले सन् १९९६ मा सांसरिक सुखलाई छोडेर योग र अध्यात्म तिर लागिन् ।
महिमा चौधरी
बलिउडका अभिनेत्रीहरुमध्ये फरक अनुहार हो महिमा चौधरी । उनको पहिलो फिल्म ‘परदेश’ पछि फेरि बलिउडमा छाउन सकिनन् ।
ममता कुलकर्णी
गलत बानीले बलिउडबाट टाढिएकी अभिनेत्री ममता कुलकर्णीले ‘वक्त हमारा है’ र ‘करण अर्जुन’ जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन् । उनको अभिनयको धेरैले प्रशंसा गर्छन् । तर उनले आफूलाई बलिउडमा अब्बल बनाइराख्न सकिनन् । सन् २००२ मा आएको फिल्म ‘कभी तुम कभी हम’ पछि बलिउडलाई विदाईको हात हल्लाईन् ।
अश्विनी भावे
फिल्म ‘हिना’बाट चर्चा कमाएकी अश्विनी भावेले खेलेका दोस्रो, तेस्रो फिल्मले बलिउडमा चर्चा पाएन । त्यसपछि उनी अमेरिका भासिइन् ।
सोनम
‘ओए ओए’ नामले परिचित सोनमले ‘विजय’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनले फिल्म निर्माता राजीव रायसँग विवाह गरिन् । तर उनीहरु धम्कीको सिकार हुन पुगे र दम्पतीले नै बलिउड छोडे ।
भूमिका चावला
सर्वाधिक चर्चित फिल्म ‘तेरे नाम’ बाट डेब्यु गरेकी भूमिका चावलाको अभिनय निकै उत्कृष्ट थियो । तर योग गुरु भरत ठाकुरसँग विवाह गरेपछि उनी फिल्म क्षेत्रबाट टाढिइन् ।
ग्रेसी सिंह
सुन्दर अभिनेत्री ग्रेसी सिंहले ‘लगान’ बा लोकप्रियता हासिल गरेकी थिइन् । तर उनले अर्को फिल्म खेल्ने चाहाना गरिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण