अर्घाखाँची बस दुर्घटना अपडेट: २४ घण्टापछि मृतक १९ जनाको सनाखत
बिहीबार, १२ मङ्सिर २०७६, १५ : ४५
बुटवल । अर्घाखाँचीको सन्धिखर्क कपिलवस्तुको गोरुसिङ्गे आउँदै गरेको बस दुर्घटनामा मृत्तक १९ जनाको २४ घण्टापछि सनाखत भएको छ । हिजो सन्धिखर्क नगरपालिका– ६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत अर्घाखाँची जिल्लका प्रमुख जिल्ला अघिकारी बिजयराज पौडेलले रातोपाटीलाई बताए ।
सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको छ ।घाईतेहरुको बुटवल र भैरहवाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बुझाउन बाँकी रहेका शव जिल्ला अस्पताल अर्घाखाँचीमा राखीएको छ ।
दुर्घटना भएको स्थान अर्घाखाँचीको घुक्तीकटे पछि सल्लेरीमा भएको थियो । जहाँ बस्ती छैन् । बस्ती नभएको स्थान र सदरमुकाम सन्घिखर्कमा लैजान टाढा भएका कारण उदारको लागी ढिलाई भएको थियो । घाइतेहरु धेरैको घटनास्थलमै मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण