आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धबाबालाई पक्राउ गर्न अदालतको अनुमति

शुक्रबार, १३ मङ्सिर २०७६, १७ : ३०
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । शुक्रबार  जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी काटेको छ ।  

जिल्ला प्रहरी कार्याल्य सुनसरीका अनुसार अदालतले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ । 

सिद्धबाबा भनिने गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको सुनसरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए ।

गत कात्तिक ४ मा सिद्धबाबा भनिने गिरीमाथि एक बालिकाले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप