एक जोडी कुकुरको रेखदेख गर्ने कामदारलाई वार्षिक ४७ लाख तलब !
लन्डन । बेलायतमा एक दम्पतीले अनौठो विज्ञापन प्रकाशित गरेका छन् । उनीहरुले आफूसँग रहेको एक जोडी कुकुर रेखदेखका लागि आकर्षक तलब र विविध सुविधासहित एक जना घरेलु कामदार माग गरेका हुन् ।
नाइटब्रिज निवासी उनीहरुले अनलाइन विज्ञापनमा त्यस्तो कामदारका लागि वार्षिक ३२ हजार पाउन्ड अर्थात् करिब ४७ लाख २७ हजार रुपैयाँ तलब दिइने जनाएका छन् । यस अतिरिक्त उसका लागि ६ वटा कोठा भएको घरसमेत आवासका रुपमा उपलब्ध गराइने जनाइएको छ ।
मुख्यतया मिलो र ओस्कार नाम गरेका उनीहरुका दुई कुकुर हेरचाह गर्नका लागि उनीहरुले कामदार माग गरेका हुन् । आफूहरु कामको सिलसिलामा व्यस्त रहने र बेला–बेलामा बाहिर रहनु पर्ने भएकाले घरमा बसेर नियमित रुपमा कुकुरको हेरचाह गर्ने मानिसको खाँचो रहेको उनीहरुको भनाइ छ ।
त्यस्तो कामदारका लागि उनीहरुले केही शर्तसमेत राखेका छन् । दैनिक बिहान–बेलुका कुकुरलाई डुलाउनु पर्ने, उनीहरुलाई नुहाइदिनु पर्ने, कुकुरका साथै कामदारले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने, कुकुरलाई माया गर्नुपर्ने लगायतका शर्त उनीहरुले राखेका छन् ।
खाना पकाउन सिपालु भएमा अझ राम्रो हुने उनीहरुको भनाइ छ । आफूहरु बाहिर रहेको समयमा घरको रेखदेखको जिम्मेवारीसमेत कामदारले बहन गर्नुपर्ने जनाइएको छ । कामदारले दुई दिन साप्ताहिक बिदा पाउने गरी नियमित रुपमा सोमबारदेखि शुक्रबारसम्म आफ्नो ड्युटी गर्नु पर्ने भए पनि कारणबस कहिलेकाहिँ साप्ताहिक बिदाको सुविधा नपाउन सक्ने सर्त पनि अघि सारिएको छ ।
डेढ महिना अघि प्रकाशित उक्त विज्ञापनमा कयौंले आवेदन दिएका थिए । तीमध्ये एक जनालाई छनोट गरिएको जनाइए पनि छनोट हुने व्यक्तिका बारेमा खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण