तेक्वान्दोमा नेपाललाई अर्को सफलता
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू मादेनले स्वर्ण पदक जितेकी छिन् । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिनाले स्वर्णपदक जितेकी हुन् । उनले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जितिन् । भारतकी रुपा बयोरले ८.१३० अङ्क जोड्दै रजत तथा श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कास्य पदकमा चित्त बुझाइन् ।
टिम कातामा नेपाललाई स्वर्ण
त्यसैगरी आजै भएको कराँतेतर्फको खेलमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ । नेपाली पुरुष काता टोलीले सागको कराँतेअन्तर्गत टिम कातामा स्वर्ण पदक हात पारेको हो । सातदोबाटोस्थित कराँते हालमा भएको एकल कातामा स्वर्ण जितिसक्नुभएका मण्डेकाजी श्रेष्ठसहित प्रवीण मानन्धर र महसुस तामाङको टोलीले ‘स्कोर’ गर्दै स्वर्ण जितेका हुन् ।
नेपालले फाइनल खेलमा श्रीलङ्कालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अङ्क प्राप्त गर्यो । यता श्रीलङ्काले २५.२८ अङ्क प्राप्त गर्यो । त्यसअघि बङ्गलादेशलाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको थियो । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बङ्गलादेशले २४.८८ स्कोर गरेको थियो । श्रीलङ्काले पाकिस्तानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । सागमा नेपालको यो छैटौँ स्वर्ण पदक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण