जीतको लयमा फर्कियो सिटी, दोस्रो स्थानमा उक्लियो
एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा सिटीले बर्नलीलाई ४–१ गोलले हरायो ।
सबै प्रतियोगिताका पछिल्ला ५ खेलमा एक खेल मात्र जितेको सिटी खेलको शुरुवात अघि शीर्ष स्थानमा रहेको सिटीभन्दा ११ अंकले पछि परेको थियो ।
बर्नलीको मैदानमा भएको खेलमा सिटीले ग्राबियल जेससको गोलबाट २४औँ मिनेटमा अग्रता लिएको थियो । ५०औँ मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ६८औँ मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता थप फराकिलो बनाए । ८७औँ मिनेटमा रियाद महरेजले अर्को गोल गरे । ८९औँ मिनेटमा बर्नलीका रोब्बी ब्राडीले सान्त्वना गोल फर्काएका थिए ।
जितसँगै सिटीले १५ खेलबा ३२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ४० अंक छ । सिटीसँगै समान ३२ अंक बनाएको चेल्सी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।
११ अंक बनाएको बर्नली १८औँ स्थानमा छ ।
मंगलबार रातिनै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले बर्नमाउथलाई १–० गोलले हरायो । जीतसँगै प्यालेस २१ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण