गुल्मीको इस्मा गाउँपालिकामा बुधबार शोक बिदा
बुटवल । मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागी बागलुङ जाँदै गरेको जीप बडिगाडमा खोलामा खस्दा १४ जनाको ज्यान गएपछि बुधबार इस्मा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ ।
कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा ज्यान गएपछि गाउँपालिकाले एकदिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । मृतकको बुधबार सामुहिक दाह संस्कार गरिँदै छ । विष्टले गाउँपालिकाले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने पनि बताए । अहिले विद्यालयहरुमा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।
गाउँपालिकाले बुधबार स्थगित प्रावि तहको परीक्षा मंसिर १९ गते र निमावि र मावि तहको मंसिर २० गते गर्ने निर्णय गरेको भएको छ ।
गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको दुर्घटना भएको हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण