भ्रमण वर्ष सफल बनाउन राजनीतिक दलहरुसँग सिंहदरबारमा छलफल
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन २०२० पर्यटन वर्षको रुपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रुपमा विकास गर्ने योजना सहित मनाउन लागिएको जानकारी दिएका छन् ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरुसँग बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा छलफल गर्दै अवको एक दशक पर्यटनको लागि जोड दिने बताएका हुन् ।
उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने तथा पूर्वाधार निर्माणमा जोड दिने बताएका हुन् ।
उनले त्यसका लागि सबै राजनीतिक दलहरुलाई आफ्ना नेता, कार्यकर्ता, विदेश स्थित निकायहरुलाई परिचालन गर्नु आग्रह गरे ।
त्यस्तै उनले विदेश भ्रमणमा जाँदा कम्तीमा पनि भ्रमण वर्ष २०२० को बारेमा देशका तर्फबाट कुरा राख्न र उपहार उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गरेर मात्र जान आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारले मनाउन लागेको पर्यटन वर्षमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताए ।
उनले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई मन्त्रालयले अवैतनिक स्वयंसेवकको रुपमा कृयाशिल बनाउन सक्ने बताए ।
त्यस्तै नेपाली कांग्रेसका नेता मोहन बस्नेतले राजनीतिक रुपमा विवाद नगरी पर्यटन वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा मन्त्री भट्टराईले २०२० को जनवरी १ मा राजधानी सहित सातै प्रदेशमा भव्य कार्यक्रम गरी भ्रमण वर्षको औपचारीक सुरुवात गर्न लागिएको समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण