भारतको मध्यप्रदेशमा यात्रुबाहक बसले ट्रकलाई ठक्कर दियो, ९ जनाको मृत्यु
एजेन्सी । भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ६ः३० बजे मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट करिब ५ सय किलोमिटर उत्तरपूर्वीमा रहेको रेवा जिल्लामा उक्त दुर्घटना भएको थियो ।
बाईपासमा सडकमा भएको यस दुर्घटनामा नौ जना यात्रुको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् । घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाइएको छ । यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले दुर्घटनामा मृत्युमा भएकाहरु प्रति शोक व्यक्त गरेका छन् । उनले घाइतेहरुलाई सहयोगको सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
‘रेवामा भएको दुर्घटनाको दुखद समाचार आएको छ । यस भयानक दुर्घटनामा मरेका सबै यात्रुहरुका परिवारप्रति मेरो समवेदना छ, ‘मुख्यमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यस दुर्घटनामा सबै घाइते यात्रुहरूको उचित उपचारको लागि निर्देशनहरू दिइएको छ ।’
क्षमताभन्दा बढी यात्रु सवार हुनु, सडकको खराब अवस्था र चालकका लाहपर्वाहीका कारण भारतमा घातक सडक दुर्घटनाहरू सामान्य रुपामा भएका पाइन्छ । गत महिना भारत सरकारले जारी गरेको एक प्रतिवेदनका अनुसार सन् २०१८ मा भएका सडक दुर्घटनामा परी १ लाख ५१ हजार ४७१ व्यक्तिको मृत्यु भएको थियो ।
सन् २०१८ मा उच्च सङ्ख्यामा व्यक्तिहरु सकड दुर्घटानामा मारिनुको प्रमुख कारण सवारी साधन उच्च गतिमा चलाउनु नै रहेको विज्ञहरुको भनाई रहेको छ । –सिन्ह्वा/Photo: ANI / Twitter/Hindustan times
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण