अपडेटः भारतले जित्यो ६२ स्वर्णसहित कूल १२४ पदक, अरु देशले कति जिते ? (तालिका हेर्नुहोस्)
काठमाडौँ । १३ औंँ सागमा भारतले अग्रता कायमै राखेको छ । बिहीबार भारतले स्वर्ण पदक संख्या ६२ पुर्याएको छ ।
बिहीबार सार्वजनिक अन्तिम पदक तालिकाअनुसार भारतले नेपालले भन्दा २६ वटा बढी स्वर्ण पदक जितको हो । नेपालले ३६ स्वर्ण पदक जितेको छ ।
भारतले ४१ रजत र २१ कांस्य जित्दै कूल पदक १२४ वटा पाएको छ भने नेपाल २७ रजत र ३८ कांस्य गरी कूल १०१ पदक जित्दै दोस्रो स्थानमा छ ।
१७ स्वर्ण, ३५ रजत र ५५ कांस्य जित्दै तेस्रो स्थानमा रहेको श्रीलंकको कूल पदक १०७ वटा रहेको छ भने पाकिस्तान १५ स्वर्ण, २३ रजत र २४ कांस्यसहित कूल ६२ पदक जितेर चौथो स्थानमा रहेको छ ।
बंगलादेश र माल्दिभ्स क्रमशः ४ र १ स्वर्ण जित्दै पाँचौ र छैटौँ स्थानमा रहेका छन् । जसमा बंगलादेशले ११ रजत र ४५ कांस्य पनि जितेको छ । यस्तै माल्दिभ्सले पनि थप स्वर्णसहित २ कांस्य जितेको छ । यता भुटानले भने मात्र ६ कांस्य पदकमात्रै जितेको छ । खेल मंसिर २४ सम्म जारी रहेनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण