कुस्तीमा नेपाललाई ऐतिहासिक स्वर्णसहित ५ पदक
जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले १ स्वर्ण पदकसहित ५ पदक जितेको छ । शनिवार जनकपुरको कभर्डहलमा भएको कुस्ती खेलमा नेपालले ऐतिहासिक स्वर्ण पदकसहित ५ पदक जितेको छ ।
कुस्तीमा महिलातर्फ ५५ केजी तौल समूहमा संगिता धामीले पहिलो पटक स्वर्ण जित्न सफल भएकी हुन्। १९ वर्षीय धामीले बांगलादेशकी सार्केर रिमीलाई हराएर ऐतिहासिकरुपमा स्वर्ण पदक हासिल गरेकी छिन् ।
सो खेलमा भारतले ७ वटा खेलमध्ये ४ वटामा स्वर्ण पदक जितेका छन् । भारतले विभिन्न तौलको समूहमा ४ वटा स्वर्ण पदक जितेका छन् । भारतको लागि महिला तर्फ ५७ किलो तौल समूहमा सरीताले स्वर्ण पदक जितेकी छिन् भने नेपालकी अम्विका भण्डारीले रजत पदक जितिन् ।
९७ केजी तौलको समूहमा भारतको पुरुष समुहबाट काडियन सत्यावालीले स्वर्ण जितेका छन् भने पाकिस्तानको तर्फबाट तयाव रजाले रजत पदक जितेका छन् । त्यस्तै बांगलादेशका हवलादर अवदुलले कास्य पदक जितेका छन् ।
७६ केजी तौलको समूहमा भारतका गुरशरनले स्वर्ण पदक जितेका छन् भने श्रीलंकाका चानीले रजत पदक जितेका छन् । १२५ केजी तौलको समूहमा भारतका सूमितले स्वर्ण पदक जितेका छन् भने पाकिस्तानका जमान अनवरले रजत र नेपालका राज यादवले कास्य पदक जितेका छन् ।
कुस्ती खेलमा पाकिस्तानले पनि दुई वटा स्वर्ण पदकमाथि कब्जा जमाउन सफल भएका छन् । त्यस्तै पुरुष तर्फ ७० केजी तौलको समूहमा पाकिस्तानका इन्यात उल्लाहले स्वर्ण पदक जितेका छन् भने श्रीलंकाका अनिलले रजत र नेपालका शुरेशले कास्य पदक जितेका छन् ।
त्यस्तै पुरुष तर्फ नै ७९ केजीको समूहमा पाकिस्तानका अवदुल रेहमानले स्वर्ण, श्रीलंकाका चनकाले रजत र नेपालका बुन्नीलाल राजुले कास्य पदक जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण