साग क्रिकेट फाइनल : श्रीलंकाले दियो बंगलादेशलाई १२३ रनको लक्ष्य
सोमबार, २३ मङ्सिर २०७६, १४ : ५३
काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ बंगलादेशले उपाधिका लागि १२३ रनको लक्ष्य पाएको छ ।
स्वर्ण पदकका लागि सोमबार बंगलादेश र श्रीलंकाबीच भएको खेलमा बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले सबै विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको हो ।
श्रीलंकाका लागि शम्मु अशनले २५ रन बनाए । यस्तै, पथुम निस्सङकाले २२ र निशान फर्नान्डोले १६ रन बनाए ।
बंगलादेशका लागि हसन महमुदले तीन र तनवीर हसनले दुई विकेट लिए । त्यस्तै सुमोन खान र मेहदी हसनले एक–एक विकेट हात पारे ।
खेलको विजेताले पुरुष क्रिकेटको स्वर्ण पदक प्राप्त गर्नेछ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण