डोपिङमा डुब्यो रसिया
एजेन्सी । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई चार वर्ष ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाएको छ । वाडाले रसियालाई सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुद र सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल खेल्न समेत प्रतिबन्ध लगाएको छ ।
यद्यपि, डोपिङबाट आफूलाई निर्दोष सावित गर्ने रसियाका खेलाडीले संयुक्त राष्ट्रसंघको तटस्थ झन्डामुनि रहेर ठूला प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् ।
यसअघि ओलम्पिकमा पनि अधिकांश खेलाडीमा डोपिङ देखिएको भन्दै वाडाले रुसलाई सचेत गराएको थियो । ब्राजिल ओलम्पिकमा धेरै खेलाडीलाई प्रतिबन्ध समेत गरेको थियो । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले यस प्रतिबन्धलाई रुसविरोधीको षड्यन्त्र भएको बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग वाडाको निर्णयको विरुद्व अपिल गर्ने आधार रहेको प्रतिक्रिया दिएका छन् ।
स्वीटजरल्यान्डमा सोमबार बसेको वाडाको कार्यकारी समितिको बैठकले रसियालाई ठूला खेलमा प्रतिबन्ध लगाउने बिषयमा सर्वसम्मत निर्णय गरेको थियो । यस निर्णयमा रुसले २१ दिनभित्र विश्व खेलकुदको अदालत (कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस्) मा अपिल गर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण