डोपिङमा डुब्यो रसिया

एजेन्सी । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई चार वर्ष ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाएको छ । वाडाले रसियालाई सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुद र सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल खेल्न समेत प्रतिबन्ध लगाएको छ ।
यद्यपि, डोपिङबाट आफूलाई निर्दोष सावित गर्ने रसियाका खेलाडीले संयुक्त राष्ट्रसंघको तटस्थ झन्डामुनि रहेर ठूला प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् ।
यसअघि ओलम्पिकमा पनि अधिकांश खेलाडीमा डोपिङ देखिएको भन्दै वाडाले रुसलाई सचेत गराएको थियो । ब्राजिल ओलम्पिकमा धेरै खेलाडीलाई प्रतिबन्ध समेत गरेको थियो । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले यस प्रतिबन्धलाई रुसविरोधीको षड्यन्त्र भएको बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग वाडाको निर्णयको विरुद्व अपिल गर्ने आधार रहेको प्रतिक्रिया दिएका छन् ।
स्वीटजरल्यान्डमा सोमबार बसेको वाडाको कार्यकारी समितिको बैठकले रसियालाई ठूला खेलमा प्रतिबन्ध लगाउने बिषयमा सर्वसम्मत निर्णय गरेको थियो । यस निर्णयमा रुसले २१ दिनभित्र विश्व खेलकुदको अदालत (कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस्) मा अपिल गर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता