सागमा स्वर्ण पदकबिहीन बन्यो भुटान, भारत पहिलो, नेपाल दोस्रो (पदक तालिकासहित)
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा भुटान स्वर्ण पदकबिहीन बनेको छ । उसले ७ वटा रजत र १३ वटा कास्य पदकमात्रै जितेको छ ।
१० दिनसम्म चलेर मंगलबार सम्पन्न सागको अन्तिम नतिजाअनुसार माल्दिभ्स एकमात्रै स्वर्ण जितेर दै छैटौँ बनेको छ । यस्तै उसले ४ कांस्य जितेको छ । समग्रमा सागमा दक्षिण एसियाली सदस्य राष्ट्रका देश भुटान र माल्दिभ्स कमजोर देखिएका छन् ।
यस्तै भारत भने सर्वाधिक १७४ स्वर्ण जित्दै पहिलो बन्न सफल बनेको छ । उसले ९३ रजत र ४५ कांस्य पनि जितेको छ ।
यसैगरी दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जितेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले ऐतिहासिक नतिजा निकालेको हो ।
यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य जितेको छ भने चौथो स्थानमा रहेको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्य जितेको छ ।
यसैगरी पाँचौ स्थानमा रहेको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य जितेको छ ।
१४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण