‘सरकारले घोषणा गरेको पुरस्कारले खेलाडीहरुमा खुसीयाली’
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले इतिहासमै सबैभन्दा बढी पदक हासिल गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै सदस्य सचिव सिलवालले सरकारले खेलाडीहरुका लागि घोषणा गरेको पुरस्कारले खेलाडीहरुको बनोबल बढेको समेत बताए ।
सरकारको घोषणाले खसी भएका खेलाडीहरुलाई एशियन, ओलम्पिक र विश्वकपको तयारीका लागि तयार गर्न सजिलो भएको समेतउनले बताए ।
उनले सागका लागि चाहिने आवश्यक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिँदा समयमै काम सम्पन्न गर्न सकिएको जानकारी दिए ।
उनले आफूले साग सुरु हुनुभन्दा पहिला नै कम्तिमा पनि ५० स्वर्ण पदक जित्ने भन्दा धेरैले नपत्याएको उल्लेख गर्दै अहिले प्रमाणीत भएको बताए ।
विभिन्न २१ खेलको प्रशिक्षण विदेशमा गरिएकाले समेत परिणाम राम्रो आएको बताउँदै खेल क्षेत्रमा अझ बढी लगानी आवस्यक रहेको उनले बताए ।
साग सकिएसँगै आफूहरुको अबको ध्यान १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको सिलवालले बताए ।
उनले खेलकुद क्षेत्रको क्रमिक सुधार भएको बताउँदै खेललाई उत्पादनशील क्षेत्रको रुपमा अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
सो अवसरमा उनले अवको चार वर्ष भित्र ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने घोषणा समेत गरे ।
उनले सागको सम्पूर्ण खर्च विवरण ९० दिन भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाउँदै सागमा पदक जित्ने खेलाडीहरुलाई शुक्रबार बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण