प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि सोमबारदेखि छलफल
आइतबार, २९ मङ्सिर २०७६, १५ : १०
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको बैठकमा पहिलो दिन अध्यक्षको प्रतिवेदन पेश भएको स्थायी समिति सदस्य चक्रपाणि खनाल बलदेवले जानकारी दिए ।
खनालका अनुसार प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु हुनेछ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विधान संशोधन, सरकारको समीक्षा, आगामी ६ महिने कार्ययोजना, केन्द्रीय समिति बैठक बोलाउने लगायतका विषय समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण