कमेडी किंग जेरी लुइसको निधन, पाँच दशकसम्म संसारलाई हँसाए
चर्चित अमेरिकी हास्यकलाकार र नायक जेरी लुईसको ९१ वर्षको उमेरमा लास वेगासमा निधन भएको छ । उनको परिवारले यसबारे पुष्टि गरेका हुन् ।
जेरी निर्माता, लेखक र निर्देशक पनि थिए । उनले सबैभन्दा पहिले सन् १९५० को दशकमा डीन मार्टिनको कमेडी पार्टनरको रुपमा आफ्नो पहिचान बनाएका थिए । त्यसपछि उनी नाइट क्लब, टिभी शो र कन्सर्टमा आफ्नो कमेडी कार्यक्रमबाट चर्चित भए । उनलाई कमेडी किंग भनिन्छ ।
जेरीले द नटी प्रोफेसर, द बेलवोई र लेडिज म्यानजस्ता विभिन्न फिल्ममा अभिनय गरे । डिन मार्टिनसँग उनको कमेडी शो मार्टिन र लुईस निकै चर्चित थियो ।
चर्चित हास्यकलाकार जिम केरी, नायक डेनी ट्रेजोसहित थुप्रै सेलिब्रिटीले जेरीको निधनमा दुःख जताएका छन् । केरीले लेखेका छन्, ‘यो मूर्ख नक्कली थिएन । उनी निर्विवादित जिनियस थिए । आज म जे छु, उनकै कारण हूँ ।’ डेनी ट्रेजोले लेखेका छन्, ‘भगवान, जेरी लेविसको आत्मालाई शान्ति देउ । आफ्नो पूर जीवन अरुलाई हँसाउनका लागि समर्पित गरेकोमा धन्यवाद ।’
स्मरण रहोस्, जेरी लुईसले अमेरिकी कमेडी अवार्ड, लस एन्जेलिस फिल्म क्रिटिक्स असोसिएशन र वेनिस फिल्म फेस्टिबलसहित विभिन्न प्रतिष्ठित अवार्डमा सम्मानित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण