पीएसजीमा एमबाप्पेको लगातार गोल
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा केलियन एमबाप्पेले ६ खेलसम्म लगातार गोल गरेका छन् ।
फ्रान्सेली लिग कप अन्तर्गत बुधबार राति भएको खेलमा पनि एमबाप्पेले गोल गरे । यस खेलमा पीएसजीले दोस्रो डिभिजनको क्लब लि मेन्सलाई ४–१ गोलले हरायो । जितसँगै पीएसजी लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पिएसजीको जितमा पाब्लो सर्बियाले २१औं मिनेटमा खाता खोले ।
उनले एन्जल डी मारियाको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा इरिक म्याक्सी चुप्पो मोटिङले दोस्रो गोल गरे । इरिकले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पहिलो हाफमा पीएसजीलाई फराकिलो अग्रता दिलाए ।
पछिल्ला ६ खेलमा लगातार गोल गरिरहेका एमबाप्पेको यो सातौं गोल हो । त्ससपछि ४७औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीको अग्रता थप बिलयो बनाए । ५३औं मिनेटमा हरिसन मान्जालाले लि मेन्सका लागि सान्त्वना गोल फर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण