काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
शनिबार, ०५ पुस २०७६, २२ : २४
काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–११ कपन कृष्णमन्दिर सडकमा बा७प ८८५१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचार क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण