पाकिस्तानमा आक्रमण गर्ने भारतको तयारी : इमरान खान
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय सरकार देशमा भइरहेको विरोध–प्रदर्शनबाट ध्यान अन्त्यत्र मोड्नको लागि पाकिस्तानविरुद्ध कुनै कारबाहीको तयारीमा हुन सक्ने चेतावनी दिएका छन् ।
भारतले हिन्दू राष्ट्रवाद पक्षमा मानिसहरुलाई लामबद्ध गराउन उद्देश्यका साथ युद्ध उन्माद भड्काउन सक्ने पनि इमरानले आशंका व्यक्त गरे ।
इमरान खानले भारतले आक्रमण गरेमा आफूहरुसँग गतिलो जवाफ दिने बाहेक अन्य विकल्प नहुने बताए ।
पाकिस्तानी प्रधानमन्त्रीले ट्वीटमा भनेका छन्, ‘भारतले अझै जम्मू–कश्मीरका सबैलाई कैदमा राखेको छ । त्यहाँ प्रतिबन्ध हटाइदा आम–संहार हुन सक्छ । यदी भारतमा यो खालको विरोध–प्रदर्शन बढ्यो भने पाकिस्तानलाई भारतबाट खतरा थप बढ्छ । भारतीय सेना प्रमुखको बयानले पनि हाम्रो चिन्तालाई बल प्रदान गर्छ ।’

इमरान खानले आफ्नो ट्वीटमा भनेका छन्, ‘पछिल्लो पाँच वर्षदेखि मोदी सरकारको नेतृत्वमा भारत हिन्दू राष्ट्रतर्फ अघि बढिरहेको छ । यो प्रक्रिया हिन्दू श्रेष्ठता र फाँसीवादी विचारधारमार्फत अघि बढाइदैछ । अब नागरिकता संशोधन कानूनविरुद्ध भारतको विविधता चाहने भारतीयहरु सडकमा उत्रिएका छन् । नागरिकता संशोधन विधेयकविरुद्ध प्रदर्शन जन आन्दोलनमा बदलिएको छ ।’
इमरान खानका मन्त्री चौधरी फवाद हुसेनले पनि नागरिकता संशोधन कानुनमा मोदी सरकारको आलोचना गर्दै लेखेका थिए ,‘ नयाँ नागरिकता कानूनविरुद्ध भएका प्रदर्शनमा प्रहरीको दमनबाट भएको मृत्युबाट बुझ्न सकिन्छ कि भारतले मोदीलाई जिताएको मुल्य तिरिरहेको छ । अल्पसंख्यकहरुको लागि भारत खतरनाक बनेको छ ।’
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले पनि भारतमा अल्पसंख्यकलाई दोस्रो दर्जाको नागरिक बनाउने कोशिस भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण