भारतका पूर्व प्रहरी अधिकारीलाई हिंसा भड्काएको आरोपमा जेल सजाय
भारतको उत्तर प्रदेश पुलिसले गत १९ डिसेम्बरमा लखनउमा भएको हिंस्रक प्रदर्शनको मामलामा भारतीय प्रहरी सेवाका अवकाशप्राप्त प्रहरी अधिकारीलाई जेल सजाय तोकेको छ ।
१९ डिसेम्बरमा भएको हिंसामा अहिलेसम्म ४५ जनालाई पक्राउ गरेर जेल पठाइसकिएको छ जबकी अन्य व्यक्तिको खोजी जारी छ ।
हजरतगंजको पुलिस क्षेत्राधिकारी अभय कुमार मिश्रले यसबारे बीबीसी हिन्दीसँग कुराकानी गरेका छन् । उनले भने, ‘एस आर दारापुरीलाई हिंसा भड्काएको र षड्यन्त्र रचेको मामलामा धारा १२० बी अनुसार पक्राउ गरेर जेल पठाइएको छ । उनलाई शुक्रबार नै हिरासतमा नै लिइएको थियो र शनिबार जेल पठाइएको थियो । यो मामलामा गिरफ्तारीको क्रम अहिले जारी छ ।’
१९ डिसेम्बरमा नागरिकता संशोधन कानूनविरुद्ध थुप्रै संगठन र राजनीतिक दलले प्रदर्शनको आह्वान गरेका थिए । देशका विभिन्न इलाकामा भएको प्रदर्शनको क्रममा थुप्रै स्थानमा हिंसा भए र कति जना मारिएका पनि छन् ।
लखनउमा पनि परिवर्तन चोकमा प्रदर्शनको क्रममा वरिपरिको इलाकामा हिंसा भएको थियो । जसमा एक व्यक्तिको मृत्यु भयो भने धेरैजना घाइते भएका थिए ।
घाइते हुनेमध्ये प्रदर्शनकारीबाहेक थुप्रै पुलिसकर्मी र मिडियाका मानिसहरु पनि समावेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण